दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो ।
बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए । ‘२०८१ बैशाख वा मंसिरमा गर्ने भन्ने छ,’ भण्डारीले भने ।
बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए ।
यद्यपि अब सिधै आयोजक तोक्ने भन्दा पनि बिडिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने विषयमा पनि छलफल भएको भण्डारीले बताए ।
बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिनेछ ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

